नाइजेरियाको लागोस शहरले आगामी सात वर्षभित्र १२ हजार विद्युतीय सवारी सञ्चालन गर्ने योजना
नाइजेरियाको लागोस शहरले आगामी सात वर्षभित्र १२ हजार विद्युतीय सवारी सञ्चालन गर्ने योजना
    • बेल संचार

    • ८ असार २०८०, शुक्रबार

काठमाडाैं ।

नाइजेरियाको लागोस शहरले आगामी सात वर्षभित्र १२ हजार विद्युतीय सवारी सञ्चालन गर्ने योजना बनाएको छ ।

लागोस मेट्रोपोलिटन एरिया ट्रान्सपोर्ट अथोरिटीले आगामी सात वर्षमा १२ हजार विद्युतीय सवारी सञ्चालन गर्ने योजना बनाएको छ ।

ती बसहरू चिनियाँ बस निर्माता कम्पनी ईओएम गुटोङले आपूर्ति गर्ने भएको छ ।

ओआन्डो क्लिन एनर्जी लिमिटेड नाइजेरियाको बहुराष्ट्रिय तेल कम्पनी ओआन्डोको सहायक कम्पनीले चार्जिङ पूर्वाधार प्रदान गर्ने नाइजेरियाली अब्जर्बर न्युजले जनाएको छ ।

युटोङका विद्युतीय बसहरू वातानुकूलित र वाइफाइले सुसज्जित हुने छन् ।

पहिलो दुई पाइलट गाडीहरू डेलिभर भइसकेका छन्। बसहरू स्थानीय रूपमा जडान गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित