कनकासुन्दरीमा खेतमै करेन्ट लागेर एक बालिकाको मृत्यु
कनकासुन्दरीमा खेतमै करेन्ट लागेर एक बालिकाको मृत्यु
    • उमेश बुढा

    • १२ असार २०८०, मंगलवार

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ सुमलगाउँको खलापानी भन्ने ठाउँमा खेत घोड्ने क्रममा प्रमिला परियारको सोमबार करेन्ट लागेर मृत्यु भएको छ ।

वडा नम्बर ८ सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियारको खेतमै बत्तीको तार छोएर करेन्ट लागेर मृत्यु भएको वडा सदस्य गोल दमाईले बताउनु भयो ।

घाइते ५ जना महिला रहेकी छन्, घाइते हुनेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको लागि लिइसकेको दमाईले बताए ।

गोटिज्युलाबाट प्रहरीको टोली घटना स्थलमा आइपुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित