कनकासुन्दरीमा रहेको बिराट दरबार ओझेलमा
कनकासुन्दरीमा रहेको बिराट दरबार ओझेलमा
    • उमेश बुढा

    • १३ असार २०८०, बुधबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेको बिराट दरबार ओझेलमा परेको छ ।

प्राचिन कालदेखि अवस्थित रहेको बिराट दरबार सुन्दर पाटन र पहाडको टुप्पोमा ढुङ्गाले मात्र बनेको दरबार रहेको छ । दरबारको सेरोफेरोमा बोटविरुवा र पाटनले रमणीय देखिएको छ ।

बुढापाकाको भनाई अनुसार बिराट दरबार १ सय वर्ष अगाडि ढुङ्गाको ढोका , ढुङ्गाको दार , ढुङ्गाको जारखामा र ढुङ्गाले छाएको थियो । अहिले यो दरबारमा भेडा, गाईगोरु, भैसी चराउने गोठालाले भएको संरचना पनि भत्काएको देखिन्छ ।

बिराट दरबार चिनेका ढुङ्गा लामो चाग्लो र राम्रो भएकाले नजिकै गाउँका मानिसले घरको चुलोमा डिल्किना र चुलोको आसनमा राख्नको लागि ढुङ्गा चोरी भएको हुन सकेको स्थानिय चन्द्र वहादुर देवकोटा ( हमालले ) बताउनु भयो ।

धेरै वर्ष पहिले पाण्डव र कौरवले बाजी राखेका थिए । बाजी थियो, जुवाताज खेलेर जस्ले हार्छ उसले १२ वर्ष वनबास र १ वर्ष गुप्तवास बस्ने सर्त राखेका थिए । त्यतिखेर पाण्डले जुवा हारेपछि वनबास बस्दा खेरी बिराट दरबार र पाण्डगुफा बसेको हुनु पर्छ हमालले बताए ।

खासै बिराट दरबार सापधारामा हुनु पर्ने बुडापाकाहरुको अनुमान छ । सापधारा नजिकै धर्मशालाका आकार, पानीको पोखरी, सर्पको मुख जस्तो भएको ढुङ्गाको धारो, दरबारको वनावट भएका वस्तुहरु सापधारा भन्ने ठाउँमा रहेका छन् । सापाधाराबाट लगभग १ किलो मिटर उचाइमा रहेको ढुङ्गाले बनेको मन्दिरलाई बिराट दरबार भनेर सबैले बुझ्ने गरेका छन् ।
ऐतिहासिक बिराट दरबार पुर्खा देखि भएका संरचना अहिले कतै भत्किएका छन् , कतै भत्किएका निशानाका आकार मात्रै देखिन्छन् । पछिलो समयमा बिराट दरबार भएको ठाउँमा भेडीगोठ गाईगोठ र भैसीगोठ बनाएका छन् ।

दरबार आसपासमा सुनचाँदी , फलाम , कतै हतियारको रुपमा लैडेसी लगायतका विभिन्न पुराना वस्तु भेटिदै आएको स्थानीयको भनाइ रहेको छ ।

पक्कै पनि यो दरबारमा बिराट राजा र पाण्डवहरु बसेको हुनु पर्ने स्थानीय को भनाइ छ । यसको इतिहास खाज्ने हो, भने पुरा रुपमा भेटिएको छैन् । बिराट दरबारसँग पाण्डगुफा, जिप्रका खिच्चने चौर लगायतका ठाउँ पनि यस दरबारसँगै जोडिएको देखिन्छ ।

बिराट दरबारलाई बचाउन, जोगेर्ना र संरक्षण गर्नमा नत संघ सरकारको नत प्रदेश सरकार नत स्थानीय सरकारको खासै ध्यान गएको देखिदैन । दरबारको विषयमा सम्बन्धि निकायले कहिलै पनि आवाज उठाएका छैनन् । राजनीति दलका अघुवा, भद्र भलादमी, युवा लगायत कसैको पनि नजर पुगेको देखिएको छैन् ।

कनकासुन्दरीको बस्ती देखि लगभग २० किलो मिटर टाढा जङ्गल, पहाड र पाटनमा रहेको दरबार हो । यसको संरक्षणको लागि कसैले पनि ध्यान दिएको देखिदैन । ध्यानाकर्षण भएकाहरुले दरबारको नाममा कमाई खाने भाँडो बनाएका छन् ।

बिराट दरबारको नाममा विभिन्न निकायबाट बजेट माग गरी ५ ओटा सड्क बाटोको ट्याक खोलिएका छन् । तर एउटा सड्क पनि दरबारमा पुगेको छैन् । वडा ६ को गोरुचौर देखि बिराट दरबार, वडा ८ को बुमेचौर बिराट दरबार , वडा ७ देयारपाटा गडुलनुहाउनी दरबार , वडा ६ गोरुचौर कोइराट र वडा ७ को रानिसैन देखि बिराट दरबार भनेर सड्कको ट्याक खोलिएको छ तर गन्तव्य पुगेका छैनन् ।

प्राचिनकालका सम्पदा बचाउनमा सबै भन्दा पहिले स्थानीय सरकारको चासो हुनु पर्ने र संरक्षणको लागि अन्य निकाएसँग बजेटको पहल गरिनु पर्ने स्थानीयको गुनासो रहेको छ । दरबारमा सड्क एक मात्र लिनु पर्ने लिएको सड्कको गुणस्तर बनाएको भए बिराट दरबारमा स्वदेशी र बिदेशी पर्यटक भित्र्याएर पालिकाको आर्थिक अबस्थामा टेवा पुग्थ्यो ।

सापधारामा वडा ६ ले मन्दिर लगाएको छ, र पानी ट्याङ्की पनि बनाएको छ । अझै यतिले गर्दा दरबारको जोगेर्ना हुन सकेको छैन् ।

साताकाे चर्चित
सम्बन्धित