काठमाडौं ।
सन् २०२३ को ६ महिनामा हवाई मार्गबाट ७२ हजार २५० जना पर्यटक नेपाल आएका छन् ।
गत वर्ष यो अवधिमा नेपाल आउने पर्यटकको संख्या जम्मा ४६ हजार ९७५ जना मात्रै थियो ।
अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने पर्यटकको संख्या कोभिडपछि बढेको हो ।
कोभिडका कारण पर्यटनमा परेको असरका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन ओरालो लागेको थियो ।
सन् २०२३ को जुन महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।
नेपालमा आउने भारतीय पर्यटकको संख्या जुन महिनामा मात्रै ३८ हजार ८४५ रहेको तथ्यांकले देखाएको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमा जुन महिनामा अमेरिकी पर्यटक ८ हजार ४७०, चिनियाँ पर्यटक ४३ सय ४३, बंगलादेशी २४ सय १ र बेलायती १९ सय ९२ जना नेपाल आएका छन् ।