दलित केटासँग विवाह गरेको भन्दै केटी पक्षकाले केटाको घरमा लगाए आगोे
दलित केटासँग विवाह गरेको भन्दै केटी पक्षकाले केटाको घरमा लगाए आगोे
    • उमेश बुढा

    • १७ असार २०८०, आईतवार

जुम्ला ।

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय वसन्ती गिरीसँग भागरे विवाह गरेको १ साता भएको छ ।

मुकुन्द र वसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन पछि दलित केटाको घरमा एक्कासी आगो लागेको मुकुन्दका माइला दाई भरत नेपालीले बताएका छन् ।

भाईले अन्तरजातीय बिहे गर्नु र त्यसको चारदिन पछि आगो लाग्नु संयोग नभएर केटी पक्षका दाईले योजना बनाएर घरमा आगो लगाएको हो । भनेर किटानी दिने तयारी गरेका छौं ।

२० वर्षीय मुकुन्दले उमेर नखुलेकी  युवतीसँगै प्रेम पछि अन्तरजातीय विवाह गरेको सथानिय हरु बताउछन् ।

केटी पक्षले भने अनुसार हाल उनिहरु बाँके जिल्लामा छन् । वसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफुहरु बाँके आएको आफन्तलाई फोनमा भनेका छन् ।

तीन तलाको घर जलेर पुरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन् ।

क्षतिको विवरण निकाल्दै छौं गिरीले भने , घटनाको थप अनुसन्धान भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित