काठमाडौं ।
लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ ।
गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो ।
सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ ।
घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ ।
त्यसो हुँदा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ ।
यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ ।