जुम्ला ।
दैनिक बिहान, बेलुका आगाे बाल्दा प्रयाेग गरिने एक प्रकारकाे सल्लाहकाे काठ हाे । याे काठ मुख्य गरी सल्लाकाे रुखकाे फेदमा हुने गर्छ । पाडिलाे भएकाे ठाउँमा पाका सल्लाकाे रुखबाट सल्लाकाे झराे निकाल्ने गरिन्छ । प्राचिन कालदेखि जुम्लाका मानिसहरुले आगाे बाल्दा झराेकाे प्रयाेग गर्दै आएकाे देखिन्छ । धेरै पहिले आगाे बाल्दा पलाष्टिक कागजहरु पाइदैनन् थिए त्यतिखेर झराेकाे महत्त्व धेरै थियाे ।
अहिले पनि जुम्लामा झराेकाे प्रयाेग भएता पनि पलाष्टिक र कागजातले गर्दा झराकाे कम मात्रामा प्रयाेग गरियको छ । स्थानिय धनविर राेकायाले बताउनु भयाे । पहिला पहिला झराे विशेष गरी मङ्सिर र पुष महिनामा निकाल्ने गरिन्थ्याे । घर भित्रकाे भुडारमा टन्न चिनेर खाख्ने चलन थियाे, राेकायाले बताए । झराे पाडिलाे भएको ठाँउमा सल्लाहकाे पाका रुखकाे फेदबाट निकालिएकाे झराे राम्रो र आगाे बाल्दा छिट्टै बल्ने गर्छ । मानिसले बिहान बेलुका खाना पकाउँदा दाउाराबाट आगाे बाल्दा छिटाे नबल्ने भएको हुँदा झराेकाे सहायताले छिटाे आगाे बाले, खाना पकाउने, ताप्ने गर्छन् ।
बुडापाकाका अनुसार पहिले पहिले राती अँधेराेमा झराे सल्काएर यताउता हिड्डुल गर्ने गरिन्थ्याे । अधराेमा गाईगाेठ, घरभित्र बाहिर, विवाह गर्दा, रातीअवरात हुँदा झराे बालेर उज्यालाे गर्ने गरिन्थ्याे । अहिले झराेका सट्टा अँधेराेमा हिड्डुल गर्न टर्चलाइटकाे प्रयाेग गरिन्छ ।
झराेले आगाे छिट्टै बल्ने र अँधेराेमा उज्यालाे बनाउने भएकोले जुम्लामा यसकाे छुट्टै महत्व रहेकाे छ । मासु जस्तै राताे राताे भएको झराे आगाे बाल्नमा राम्रो हुन्छ, बुडापाकाहरुकाे भनाई छ । वर्तमान अवस्थामा आउँदा पलाष्टिक र कागजले गर्दा झराेकाे त्यति प्रयाेग भएको पाइदैन् अर्को टर्चलाइटकाे प्रचलनले गर्दा पनि झराेकाे महत्व हराउँदै गएकाे देखिन्छ ।