काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
आइतबार २८.३८ अंकले बढेको बजार २०७७.७६ विन्दुमा पुगेको छ । यो १.३८ प्रतिशतको वृद्धि हो ।
आइतबार होटल तथा पर्यटनमा लगानीकर्ता बढी आकर्षित भएको देखिएको छ । यो उपसूचकको वृद्धि ४.६३ प्रतिशत देखिएको छ ।
त्यस्तै, व्यापार उपसमूह पनि उच्च अंकले बढेको छ । यो उपसूचकका कम्पनीहरुको सेयर ४.०१ प्रतिशतले वृद्धि भएको हो ।
आइतबार २८५ धितोपत्रको ६४ हजार ४४९ कारोबारबाट ६९ लाख ७५ हजार ८९४ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार २ अर्ब ५६ करोड २६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार रावा इनर्जी विकास लिमिटेडको ९.९८ र सिटी होटलको मूल्य ९.५१ प्रतिशतले वृद्धि भएको छ ।
यसबाहेक ‘१० प्रतिशत प्रभु बैंक डिबेञ्चर ८४’, सनराइन डिबेञ्चर ८३ सहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
मनकामना स्मार्ट लघुवित्त तथा माउन्टेन इनर्जीका लगानीकार्ताले उच्च मात्रामा कमाएका छन् ।
आइतबार माथिल्लो तामाकोशीका लगानीकर्ताले आइतबार सबैभन्दा धेरै गुमाए । यो धितोपत्रको मूल्य ६.६५ प्रतिशतले घटेको छ ।
बीपीडब्यू लघुवित्त, लिबट्री इनर्जी, जोशी हाइड्रोपावरसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।
हिमालयन लाइफ इन्स्यारेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, अरुण काबेली पावर, अपर तामाकोशीसहितका धितोपत्रको बढी कारोबार भएको छ ।