शोधनान्तर स्थिति २२९ अर्बले बचतमा, एक महिनामा थपियो १४ अर्ब ३१ करोड
शोधनान्तर स्थिति २२९ अर्बले बचतमा, एक महिनामा थपियो १४ अर्ब ३१ करोड
    • बेल संचार

    • २५ असार २०८०, सोमबार

काठमाडौं ।

नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थितिको बचत एक महिनाको अवधिमै १४ अर्ब ३१ करोडले थप भएको छ ।

वैशाखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्म पुग्दा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस वर्ष अमेरिकी डलरमा चालु खाता घाटा ५३ करोड ६१ लाख रहेको छ । अघिल्लो आवको यसै अवधिमा अमेरिकी डलरमा चालु खाता घाटा ४ अर्ब ९३ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूँजीगत ट्रान्सफर अहिले ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २२.५ प्रतिशत कम हो ।

खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आएको थियो ।

साताकाे चर्चित
सम्बन्धित