जुम्लाको सिँजा गाउँपालिकाले असार ३१ गते काँफल दिवश र साउन १ गते खस दिवश मनाउने भएको छ ।
जुम्लाको सिँजा गाउँपालिकाले असार ३१ गते काँफल दिवश र साउन १ गते खस दिवश मनाउने भएको छ ।
    • उमेश बुढा

    • २८ असार २०८०, बिहीबार

जुम्ला ।

असार ३१ गते काँफल दिवश र साउन १ गते खस दिवश मनाउने भएको छ ।

सिँजा गाउँपालिकाको १२ औं गाउँ सभाको नर्णय अनुसार असार मसान्तका दिन परम्पुर्खा देखि चलि आएको काँफल खाने दिनलाई यस यस वर्षदेखि काँफल दिवशको रुपमा मनाउने निर्णय भएको सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनु भएको छ ।

अध्यक्ष धितालका अनुसार यही असार ३१ गतेका दिन सिँजाको वडा नम्बर ४, ५, ६ को मालिका, गोवानी, दमाईमारे, डिके, गभिर, ट्याउँटाला लगायतका पाएक पर्ने रमणीय स्थानमा गई कोर्का, छान्ना, विल्ट्या, ठेका र घाँडेमा काँफल टिप्दै खाँदै घरबाट बनाएको पान पकुवान अन्नी बाँडीचुडी खाने र परम्परागत रुपमा खेलिने देउडा, चुड्किला खेली काँफल दिवश भव्य, सव्य र शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्नु भएको छ ।

साउन १ गतेका दिन परम्परागत रुपमा चलनचल्तीमा रहँदै आएको ठेक थिति बाँध्ने परम्परालाई निरन्तरता दिदै प्रत्येक वडामा खस दिवश मनाउने गाउँ कार्यपालिकाले निर्णय गरेको सिँजा गाउँ पालिका प्रमख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनु भयो ।

प्रत्येक गाउँको चलनचल्तीमा रहेका रिती थितिलाई सामुहिक छलफलबाट लिपिबद्व गरी वडा कार्यलयमा दर्ता गर्न र परम्परागत रुपमा मनाए झै यस साउन १ गते पनि दिवशको रुपमा मनाउने भएको अधिकृत धितालले बताए ।

प्राचिन कालदेखि युवायुवती घरबाट बिहान हिडेर लेकतिर जान्छन् । अनि रमाउँदै काँफल टिप्दै खाँदै साँझ पख काँफल टिपेर घर फर्कीन्छन् । असार मसान्तमा फाँफल खाने र साउन १ गते खिर खाने मुख्य गरी साउने संक्रातीको उद्श्ये रहेको छ ।

साउन १ गतेका दिन दिउँसो सल्लाको झरो निकालेर राँका बनाएर झम्के साँझ घरको छतमा राँका बाल्ने चलन गरेको छ । राँका घरमा बल्दै रहन्छन् , अन्त्यतिर ७ ओटा डौसिल, ७ अयाँर , ७ काँडाका टुप्पा , १ फेरुवाको चोट्को , ४ कुना खरानी , मासचामल , अक्षता र झराको राँको बालेर परिवारको टाउको माथी घुमाएर चौबाटोमा हाल्ने चलन गरेको छ ।

आफ्नो छिमेकी गाउँलाई फाटो फेरुवा लैजा , नयाँ फेरुवा दिजा , खट्या गोरू लैजा , पाउरो च्यनतिएको पाउरो लैजा , चिलाउने बिजाउने खड्कुने लैजा जस्ता राम्रो बस्तु देए भन्ने र नराम्रा शब्द प्रयोग गरेर ठुलो स्वर निकालेर छिमेकी गाउँ लाई गाली गर्ने चलनचल्तीलाई सिँजा गाउँपालिकाले दिवशको रुपमा मनाउने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित