काठमाडौं ।
काठमाडौंको मैतीदेवीदेखि पशुपतिसम्म धार्मिक पदयात्रा भएको छ।
नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको हो।
पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरू र सांसदहरू पनि सहभागी रहेका थिए।
हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनमत सिर्जना गर्न आयोजित पदयात्रामा राप्रपाका अध्यक्षसहित नेताहरू सहभागी भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
पदयात्रामा काठमाडौंका जनसमुदायको साथ, सहयोग र ऐक्यबद्धता रहेको श्रेष्ठले दाबी गरे।
पदयात्रामा सहभागी राप्रपा अध्यक्ष लिङ्देनले यस्ता धार्मिक अभियान अब देशव्यापी बनाउँदै लगिने बताएका थिए।