नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध
    • बेल संचार

    • २ श्रावण २०८०, मंगलवार

 काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी अनुबन्ध भएका छन् ।

भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको छ ।

पञ्जावले किरणलाई २०२४ सम्मको लागि अनुबन्ध गरेको छ । नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म चल्नेछ ।

पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ ।

आई लिगमा पञ्जावमा पहिलो रोजाइका लागि खेलेका किरणले आईएसएलमा पनि पहिलो रोजाइसँग  खेल्ने सम्भावना छ ।

त्यो भएमा उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए ।

किरण नेपालका लागि सर्वाधिक ८९ खेल खेल्ने खेलाडी हुन् ।

साताकाे चर्चित
सम्बन्धित