जुम्ला ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा विदेशबाट घर फर्केका ५१ जना युवा व्यवसायीहरुलाई व्यवसायिक तयारी तथा कार्यान्वयन अभिमुखिकरण २ दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।
आर्थिक , प्राविधिक सहयोग ऋयचमबष्म र आई एन एफ नेपालको रहेको छ । भने समन्वय कनकासुन्दरी गाउपालिकाले गरेको हो । आयोजक जनसेवा फाउन्डेसन नेपालले गरेको थियो ।
विदेशबाट स्वदेश फर्केका युवायुवती ले आफ्नै देशको गाउँ ठाउँमा आएर व्यवसाय गरेर आफ्नो जीविकापार्जन गर्ने , राष्टको राजस्वमा टेवा पुर्याउने , सिपकला आफ्नै देशमा प्रयोग होस् भन्ने उद्शयले यो कार्यक्रम गरेको जनसेवा फाउन्डेसन नेपाल कैलालीका टिम कमान्डर नवराज जोशीले बताउनु भयो ।
जोशीका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ५१ जना महिला पुरुष विदेशबाट फर्केका व्यवसायीहरुलाई व्यवसाय कसरी गर्ने , आम्दानी कसरी बढाउन सकिन्छ , आफ्नो जीविकापार्जन गर्नको लागि र आर्थिक आम्दानी कसरी बढाउने भनेर व्यवसायिक तयारी तथा कार्यन्वयन सम्बन्धि अभिमुखिकरण छलफल गरेको हो ।
मौरी पालन , होटल , सिलाई कटाई बाख्रा पालन , तरकारी , फर्निचर लगायतका विषय सम्बन्धि युवाहरुसँग छलफल गरेको पशिक्षक सुरेन्द्र चौधरीले बताए ।
विदेश जानु अघि यस्तो तालिम , छलफल पाएको भए हामी विदेश जाने थिएनौं , युवाहरुको भनाइ छ ।
यसरी अहिले विदेशबाट घर फर्केर आउँदा २ दिन सम्म छलफल गर्दै सिप आर्जन गर्न पाउँदा युवाहरु खुसी भएको बताउछन् ।
कार्यक्रम कनकासुन्दरी ६ को गोठिज्युला बजारमा रहेको होटल बिराट दरवारमा साउन ४ र ५ गते चलेको सो कार्यक्रमका सञ्चालन वा फिल्ड एक्स्पेर्ट मानव रोकायाले जानकारी दिनु भयो ।