नेप्सेमा उच्च अंकको गिरावट
नेप्सेमा उच्च अंकको गिरावट
    • बेल संचार

    • ९ श्रावण २०८०, मंगलवार

 काठमाडौं ।

लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ ।

मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

मंगलबार होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ ।

मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि किसान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ ।
सिटी होटल, रिभर फल्स, यूनिलिभरसहितका धितोपत्रको धेरैले मूल्य बढेको छ ।

नबिल डिभेञ्चर, बीपीडब्लू लघुवित्त, सानिमा डिभेञ्चर, सिटिजन्स बैंकसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

सोल्टी होटल, शिवम् सिमेन्ट, ग्लोबल आईएमई, एभरेष्ट बैंक, कुमारी बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित