कनकासुन्दरीमा फोन सेवा अवरुद्ध
कनकासुन्दरीमा फोन सेवा अवरुद्ध
    • उमेश बुढा

    • १२ श्रावण २०८०, शुक्रबार

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र बिन्दुमा रहेको गोटिजिउला बजारमा २ साता यताबाट फोन सेवा अवरुद्ध भएको छ ।

कनकासुन्दरीमा एनटिसी नमस्तेका ३ वटा टावरहरु रहेका छन् । जसमा वडा नम्बर १ को मर्फान , वडा २ को स्याला र वडा नम्बर ६ को बिराट दरवार नजिकै रहेको छ ।

वडा नम्बर १मा झण्डै ११ वटा गाउँका नागरिकले फोन सेवा २४ घण्टा लिइरहेको सोही वडा अध्यक्ष भिम भण्डारीले बताउनु भयो । उनले भने , बर्खा समयमा पानी परेपनि , घाम नलागे पनि आफ्नो वडामा मोवालय फोनमा रातदिन काम गरेको भण्डारीले बताए ।

त्यस्तै गरी वडा नम्बर २ को मालिकाबोतामा पनि फोन सेवासँगै फोरजी नेट्वोर्क आउने गरेको वडा अध्यक्ष खाम्मा रावतले बताए ।

जेहोस् कनकनसुन्दरी १ र २ वडामा फोन सेवा नागरिकले पाइरहेका छन् । भने , वडा नम्बर ३ , ४ , ५ , ६ , ७ र ८ वडाका फोन सेवाहीले सुविधा पाउन सकेका छैन् ।

कनकासुन्दरीको व्यापारी केन्द्र , पालिकाको कार्यालय , संघ संस्थाका कार्यालय , प्रहरी चौकी लगायतका भएको गोटिजिउलामा फोन सेवा २ साताबाट अवरुद्ध भएको बजार बासी भक्त बुढाले बताए ।

बुढाका अनुसार फोन गर्नलाई वडा नम्बर ६ को गोरुचौरमा जानु पर्छ । गोरुचौरमा पनि फोन लगायो लाग्दैन् , लागे पनि सुनिदैन् यो समस्या समय समयमा कनकासुन्दरी वासीले भोक्दै आएका छन् ।

वडा नम्बर ६ , ७ , ८ मा छिमेकी सिँजा गाउँपालिकाका टावरले फोन गर्न मिल्छ । त्यही पनि राम्रोसँग नेट्वोर्क आउदैन् । यो समस्या अघिलो स्थानीय सरकार हुने बेला देखि समस्या भएको र अहिले पनि पछिलो सरकार आउदा पनि उस्तै समस्या देखिएको छ । स्थानीय सरकारले अहिले सम्म यो विषय सम्बन्धि चासो दिएको देखिदैन् । स्थानीय सरकारको कार्यालयमा झनै नेट्वोर्ककै आउँदैन् । कहिले समय सरकार मौन भएर बसेको देखिन्छ ।

स्थानीयलाई फोन सेवाले डाँडाकाँडा धाउनु पर्ने अवस्था छ ।त्यहाँका स्थानीयले आफन्तसँग २ सातसम्म फोनमा कुराकानी गर्न नपाउँदा चिन्तित भएका छन् । फोरजीका कुरा त नगरौं राम्रोसँग फोन गर्नलाई सुविधा पाइएको भए गोटिजिउला बजारवासी खुसी हुने थिए ।

बर्खा समयमा बादल लागेर सौर्यपातमा घाँम नलाग्नाले नेट्वोर्क नआएको र पानी परिरहेकोले गर्दा यो फोन सेवामा अवरुद्ध भएको हो । अहिले तीन वटा वत्तिको पोलमा इलोक्टोनिक्स मेसिन झुन्ड्याएर काम चलाउ गरेका छन् । अर्को नयाँ फोरजी टावर पनि त्यही ठाउँमा बनाउन लागेको पनि अलपत्र भएको छ ।

साताकाे चर्चित
सम्बन्धित