नेप्से १२७ अंकले घट्यो
नेप्से १२७ अंकले घट्यो
    • बेल संचार

    • १४ श्रावण २०८०, आईतवार

काठमाडौं ।

मौद्रिक नीतिपछिको लगातार पाँचौ दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो । जसको प्रभावले गत आइतबार नेप्से ६३.२४ अंकले बढेर पछिल्लो एक वर्ष यताकै उच्च विन्दु २२२७.१६ बन्द भएको थियो ।

तर, सोही दिन आयोजित पत्रकार सम्मलेनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जामा नभई २५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिम भार रहेकोमा ५० लाख रुपैयाँसम्मको जोखिम भार १०० प्रतिशत रहेको र त्यसमाथिको कर्जामा १५० प्रतिशत नै रहेको बताए । त्यसपछि सोमबारबाट नै नेप्से घट्न सुरु हुँदा ५ दिनमा नेप्सेमा करिब १२७ अंकको गिरावट भएको छ ।

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से २६.१४ अंकले गिरावट भएर २१००.३४ को बिन्दुमा बन्द भएको छ ।

इन्ट्रा–डे कारोबारमा ४७.१७ अंकको गिरावट हुँदा नेप्से २०९१.५० को विन्दुसम्म झरेपछि अन्तिम समयमा केहीसुधार सहित २१०० भन्दा माथिको विन्दुमा बन्द भएको छ । आइतबार नेप्सेमा म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.३२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०८ प्रतिशत र व्यापार उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । यता म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा गिरावट सुरु भएसँगै कारोबार रकम पनि घटेको छ । गत आइतबार र सोमबार ४ अर्ब नाघेको कारोबार रकम मंगलबारबाट ३ अर्ब भन्दा तल भरेको थियो । आइतबार पनि नेप्सेमा ४६ हजार ३२७ वटा कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ५० करोड २९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १४ करोड ७९ लाखको कारोबार हुँदा सोल्टी होटलको ११ करोड ९९ लाख र एभरेष्ट बैंकको १० करोड २१ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१७ सुचिकृत कम्पनीका सेयर कारोबार भएको छ । जसमध्ये १८९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १८ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य भने स्थिर छ । आइतबार कारोबार भएका कम्पनीमा पिपुल्स पावर कम्पनीको सेयरमुल्य सर्वाधिक ३.५८ प्रतिशतले वृद्धि हुँदा सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ३.६ प्रतिशतले बढेको छ ।

यता मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.७८ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

साताकाे चर्चित
सम्बन्धित