नेप्से दोहोरो अंकले घट्यो
नेप्से दोहोरो अंकले घट्यो
    • बेल संचार

    • १६ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् ।

अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०.३५ प्रतिशतको वृद्धि देखियो ।

मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।
सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो । सिक्लेस हाइड्रोपावर, बीओके डिभेञ्चर, एनएमबी ५० सहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

किसान लघुवित्त, हिमालयन लघुवित्त, प्रोग्रेसिभ फाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । अपर तामाकोशीको मंगलबार धेरै कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित