जुम्लामा पुल रोएका छन् , जनप्रतिनिधी हाँसेका छन् : डिल्ली काँफले
जुम्लामा पुल रोएका छन् , जनप्रतिनिधी हाँसेका छन् : डिल्ली काँफले
    • उमेश बुढा

    • १८ श्रावण २०८०, बिहीबार

जुम्ला ।

भ्रष्टाचार विरुद्धको विरोध कार्यक्रम नेपाल मजदुर किसान पार्टीले सिँजा गाउँ पालिकाको नराकोट बजारमा एक औपचारिक कार्यक्रममा जुम्लामा पुल हाँसिरहेका छन् । जनप्रतिनिधी भने हाँसिरहेका छन् । नेमकिपा केन्द्रीय सदस्य डिल्ली प्रसाद काँफलेले बताउनु भयो ।

जुम्लाको हिमा र तिला नदीमा जताततै पक्की पुल बनाउने भनेर जग खनिरहेका छन् । तर कुनै पनि पुल निर्माण कार्य सम्पन्न भएको देखिदैन् ।काँफलेले भने, कतै पुल आदा बनाएर ठेकेदार भागेका छन् , कामदारले ज्याला पाएका छैनन् , भएका काठे साँघु भत्काइएका छन्, गाडी गुड्ने त कुरै नगरौ, मानिस हिड्ने पुल भरपर्दो छैनन् । स्थानीय सरकारका जनप्रतिनिधि, सांसद, माननिय कता गएका छन् के हेरेर बसिरहेका छन् ।

जुम्लाका माननिय ज्ञानेन्द्र शाहीले भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आएर देशमा हाई हाई गरेर जुम्ली जनताले जिताएर अहिले जुम्लामा भएको भ्रष्टाचार, अनियमिता, लुटपाट, चोरी, लागूऔषध, जातीय छुवाछूत र विकास निर्माणको बारेमा किन चासो दिदैनन् काँफलेले आरोप लगाउनु भयो ।

नेपाल मजदुर किसान पार्टी जुम्लाको सिँजा गाउँपालिकाको नराकोट बजारमा भ्रष्टाचार विरुद्धको विरोध कार्यक्रम सुसम्पन्न भएको छ ।

साताकाे चर्चित
सम्बन्धित