मानहानि मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई राहत: सुप्रिम कोर्टले दियो सफाइ
मानहानि मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई राहत: सुप्रिम कोर्टले दियो सफाइ
    • बेल संचार

    • १९ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

मानहानिको मुद्दामा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई त्यहाँको सुप्रिम कोर्ट (सर्वोच्च अदालत)ले सफाइ दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको एक अभिव्यक्तिलाई मानहानीको मुद्दा खेपिरहेका उनलाई सुप्रिम कोर्टले सफाइ दिएको बीबीसीले जनाएको छ ।

यसअघि तल्लो अदालतले दिएको आदेश खारेज गर्दै सर्वोच्चले उनलाई अब अभिव्यक्ति दिँदा ध्यान दिन भनेको छ ।
यसअघि यही मामलामा गुजरातको सेशन कोर्टले उनलाई दुई वर्षको सजाय सुनाइएको थियो । सेशन कोर्टको फेसलासँगै उनको सांसद पद गुमेको थियो ।
सेशन कोर्टको फैसलाविरुद्ध उनी सर्वोच्च पुगेका थिए । अब उनको सांसद पद समेत पुनर्बहाली हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।सन् २०१९ मा एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है? (सबै चोरको थर मोदी किन हुन्छ ?’ भनि बोलेका थिए।

उनको अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित