चीनले बालबालिकालाई स्मार्टफोन चलाउने समय निर्धारण
चीनले बालबालिकालाई स्मार्टफोन चलाउने समय निर्धारण
    • बेल संचार

    • २१ श्रावण २०८०, आईतवार

काठमाडाैं ।

चीनले बालबालिकालाई स्मार्टफोन चलाउने समय निर्धारण गर्ने भएको छ । योसँगै अब बालबालिकाले दिनमा अधिकतम २ घण्टामात्र मोबाइल चलाउन पाउने रोयटर्स लेखेको छ ।

चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले यससम्बन्धी नियमावलीको मस्यौदा तयार पारेको छ । मस्यौदामा सेप्टेम्बर २ तारिकसम्म सार्वजनिक प्रतिक्रिया तथा सुझाव दिन सकिने सीएसीले जानकारी दिएको छ । नयाँ नियमावलीअनुसार स्मार्ट फोन तथा उपकरण प्रदायकहरूले ‘माइनर मोड प्रोग्राम’ लागु गर्नुपर्नेछ ।
उक्त प्रोग्रामले १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म मोबाइल उपकरणहरूमार्फत इन्टरनेट पहुँचमा रोक्नेछ ।स्मार्ट फोन प्रदायकहरूले प्रस्तावित सुधारहरू अन्तर्गत बालबालिकाहरूको फोन प्रयोगमा समय सीमाहरू पनि सेट गर्नुपर्ने सीएसीले भनेको छ । सीएसीका अनुसार १६ देखि १८ वर्षका प्रयोगकर्ताहरूलाई दिनको २ घण्टा, ८ देखि १६ वर्षका बालबालिकालाई दैनिक १ घण्टा र ८ वर्ष मुनिका बालबालिकालाई दैनिक ८ मिनेटमात्र स्मार्टफोन प्रयोग गर्न अनुमति दिइनेछ ।

स्मार्टफोन प्रदायकहरूले बालबालिकाको स्क्रिन टाइममा सीमा तोक्नुपर्ने भएपछि चिनियाँ प्रविधि कम्पनीहरूको शेयर भाउमा भने गिरावट आएको छ ।

बुधवार भिडियो शेयरिङ वेबसाइट ‘बिलिबिली’ र क्वाइसु क्रमशः ६.९८ प्रतिशत र ३.५३ प्रतिशतले गिरावट आएको छ ।

साताकाे चर्चित
सम्बन्धित