कनकासुन्दरीमा : भाद्र १० गते अगाडि स्याउ नटिप्न राेकथाम
कनकासुन्दरीमा : भाद्र १० गते अगाडि स्याउ नटिप्न राेकथाम
    • उमेश बुढा

    • २२ श्रावण २०८०, सोमबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका कृषि विकास शाखाले भाद्र १० गते भन्दा अगाडि स्याउ नटिप्नको लागि कृषकलाई पत्रचार गरेको छ ।

अपरिपक्क , नछिपीएको काँचो स्याउ कृषकले टिपेर बजारमा निर्यात गरेको जनगुनासो जुम्लामा व्यापक देखिएकाले कनकासुन्दरीमा पनि यसलाई रोक्नको लागि कृषकलाई पत्रचारबाट सुचित गराएको छ । भाद्र महिनाको १० गते अगाडि स्याउ टिप्ने कार्य नगर्नहुन कृषकलाई आग्रह गरेको कनकासुन्दरी गाउँपालिका कृषि शाखा प्रमुख तेजेन्द्र खत्रीले बताउनु भयो ।

खत्रीका अनुसार स्याउ निर्यातकालाई व्यापारीहरलाई सम्बन्धि वडा कार्यालयले पनि भाद्र १० गते सम्म सिफारिस नदिनु हुनको लागि आठै वडालाई पत्रचार गरेको छ । खासै अहिले सम्म कनकासुन्दरीका कृषकले स्याउ टिपेर अन्तै निर्यात गरेका छैनन् ।

यस पालिकाको स्याउ भाद्र महिनाको अन्तिम साता र असोजको पहिले साता सम्म परिपक्कता वा पाकेको हुँदैन कृषि विकास शाखाले कनकासुन्दरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित