काठमाडौंमा रातिदेखि परेको भारी वर्षाले ठाउँ ठाउँमा डुबान [तस्वीरहरू]
काठमाडौंमा रातिदेखि परेको भारी वर्षाले ठाउँ ठाउँमा डुबान [तस्वीरहरू]
    • बेल संचार

    • २३ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ ।

वर्षासँगैको बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको छ ।

दर्जनौं राजमार्ग अवरुद्ध भएका छन् । कतिपय सडक एकतर्फी चलिरहेका छन् ।

काठमाडौंमा रातिदेखि परेको भारी वर्षाले ठाउँ ठाउँमा डुबान भएको छ ।

भारी वर्षाका कारण काठमाडौंका गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगर, ढुङ्गेधारा, बल्खुक्षेत्रलगायत क्षेत्र डुबानमा परेका छन् ।

सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण यहाँका विभिन्न क्षेत्र जलमग्न भएका छन् । ​भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न भएको  प्रहरीले जनाएको छ ।

डुबानले जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाब अति बढेको छ ।

विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह खतरा तह पार गरेको छ ।
null

बल्खुको तरकारी बजार, टेकु पुल आसापास पनि डुबानमा परेको छ ।

बागमतीको पानी किनार आसपासका सुकुम्बासी बस्तीमा पसेको छ । थापाथलीस्थित किनारका बस्तीमा पानी पसेको हो ।

null

 

null

null

null

null

साताकाे चर्चित
सम्बन्धित