विद्यालय १ देखि ५ सम्म विद्यार्थी ९ शिक्षक २ जना
विद्यालय १ देखि ५ सम्म विद्यार्थी ९ शिक्षक २ जना
    • उमेश बुढा

    • २४ श्रावण २०८०, बुधबार

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ मा रहेको श्री देविचौर आधारभूत विद्यालय जिअँमा कक्षा १ देखि ५ सम्म विद्यालयमा विद्यार्थी ९ जना शिक्षक २ जना रहेका छन् ।

कक्षा १ मा ५ जना , कक्षा २ मा १ जना , कक्षा ३ मा १ जना , कक्षा ४ कुनै पनि विद्यार्थी छैनन् , कक्षा ५ मा २ जना गरी जम्मा ९ जना विद्यार्थीको सङ्ख्या रहेको छ ।

शैक्षिक शत्र २०७० , ७१ मा ५२ जना, २०७२ , ०७३ मा ४९ जना , २०७३ , ०७४ मा ३९ जना , २०७४ , ०७५ मा २५ जना , २०७५ , ०७६ मा २५ जना, २०७६ , ०७७ मा १७ जना , २०७८ , ०७९ मा १३ जना र २०७९ , ०८० मा ९ जना विद्यार्थी विगत १० वर्ष अगाडि देखि विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा पत्येक शैक्षिकसत्रमा घट्दै आएको देखिन्छ ।
उक्त विद्यालयको स्थायना २०४६ साल बैशाख ५ गते भएको थियो । अहिले शिक्षक २ जना स्थायी दरबन्दीका रहेका छन् । १ जना कार्यालय सहयोगी गरी जम्मा ३ जना कर्मचारी रहेका छन् ।

जिअँ विद्यालयमा पढ्न आउने विद्यार्थीको घरधुरी सङ्ख्या ३० रहेको छ । विद्यालयमा खानेपानी , शैचालय , कक्षा कोठा , खेल मैदान , विद्यालयको घेरबार र बस्नलाई कार्पेट बिछ्याइएको छ । विद्यालयको भौतिक शैक्षिक अवस्था हेर्ने हो भने , राम्रो छ । तर विद्यालयमा विद्यार्थी सङ्ख्या कम छ ।
कर्णाली राजमार्ग नाग्म गमगडी सड्कको झन्डै १ सय मिटर तलपट्टी रहेको देविचौर आधारभूत विद्यालय जीअँ शान्त , सुन्दर रमर्णीय वातावर मा रहेको विद्यालय छ ।

विद्यालयको भवन निर्माण विभिन्न संघसंस्थाले गरेका छन् , घेरवार स्थानीय सरकारले गरेको , शैचालय र खानेपानी शिक्षा कार्यलय जुम्लाले गरेको प्राधानाध्यापक हस्त वहादुर बुढाले बताउनु भयो ।

उनले भने विद्यालयको सबै अवस्था ठिक छ , विद्यालय प्रर्ती हेर्ने नजर सरकारी निकायले पनि हेरेको छ । तर यो विद्यालयमा प्रत्येक वर्षमा विद्यार्थी सङ्ख्या घट्दै गएको हुनाले शिक्षण गर्दा पनि जोस जागर आउँदैन् । विद्यालयमा १० बजे देखि ४ बजेसम्म समय विताउन पनि कठिन भएको छ। प्रअ बुढाले बताए

विद्यार्थी सङ्ख्या घट्नुको मुख्य कारण भनेको यहाँको गाउँ वस्ती कम भएकोले , भएका छोराछोरी घर भन्दा टाढा पढ्न पठाएकाले र भएका पनि नजिकैका छिमेकी विद्यायलमा जानेले यो विद्यालयको विद्यार्थी सङ्ख्या घट्दै आएको बुढाको भनाई छ ।

विद्यालयमा दुई वटा भवनमा ५ वटा कोठा रहेका छन् । ५ कोठा मध्ये १ खाजा कोठा , १ कार्यालय र ३ वटा कोठामा विद्यार्थीले प्रयोग गरेको देदिन्छ । कक्षा २ , ३ र ५ का विद्यार्थी ४ जना सँगै एउटै कोठामा बस्ने गरेका छन् ।

यसरी वर्ष वर्षमा विद्यार्थी सङ्ख्या घट्दै जानाले शिक्षक चिन्तित छन् । र बिस्तारै पछि विद्यालय खाली हुन्छ , की भन्ने डरमा शिक्षक छन् ।

कनकासुन्दरी शिक्षा शाखाले यसको विषयमा शिक्षक र विद्यालयको मिलान सम्बन्धि कुनै चासो देखाएको देखिदैन ।

शिक्षक , विद्यार्थी कम भएता पनि विद्यालय नियमित रुपमा सञ्चालन भएर पठनपाठन राम्रो भएको छ । शिकक र विद्यार्थी नियमित रुपमा विद्यालय आउने गरेका छन् । रिपोर्टिङ गर्न पुग्दा उपस्थिति विद्यार्थीको सङ्ख्या ६ जनाको मात्र थियो ।

साताकाे चर्चित
सम्बन्धित