सेयर बजार ४१.०६ अंकले बढ्यो
सेयर बजार ४१.०६ अंकले बढ्यो
    • बेल संचार

    • २४ श्रावण २०८०, बुधबार

काठमाडौं ।

लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१.०६ अंकले बढेको छ ।

बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो ।

बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो ।

म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए । कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ ।

कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ ।

हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

सेञ्चुरी डिभेञ्चर, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले घेरै गुमाएमा छन् ।

आईएमई लाइफ इन्स्यारेन्स कम्पनी, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडियासहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित