प्रहरी चौकी नराकोटले सिँजाका गाउँ गाउँमा आफ्नो फोन नम्बर टाँस्यो
प्रहरी चौकी नराकोटले सिँजाका गाउँ गाउँमा आफ्नो फोन नम्बर टाँस्यो
    • उमेश बुढा

    • २६ श्रावण २०८०, शुक्रबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ३ मा रहेको नराकोट प्रहरी चौकीले गाउँ गाउँमा गएर आफ्नो फोन नम्बर टाँसेको छ ।

तपाईंको खबर , सबैको सुरक्षा ू भन्ने नाराका साथ तपाईले कुनै शंकास्पद चिजवस्तु गतिविधी देखेमा वा थाँहा पाएमा तपाईलाई सुरक्षा सम्बन्धी कुनै समस्या परी सहयोग लिनु परेमा प्रहरी चौकी नराकोट ९ क . को फोन नम्बर १०० , ९८६६८९६७८६ र प्रहरी चौकी नराकोट ९ ख . को फोन नम्बर १००। ९७६९९५८२०५ यतिमा फोन गरेर सेवा लिन सकिन्छ ।

जिल्ला ट्राफिक कार्यालय जुम्लाको ९८५८३२०२१३ र सिँजा गाउँपालिका एम्बुलेन्स ९८६८३६८२०३ नम्बरमा फोन गरे, सेवा लिन सकिने प्रहरी चौकी नराकोटका इन्चार्ज गोविन्द वहादुर बोहोराले बताउनु भयो ।

इन्चार्ज बोहोराका अनुसार गाउँ घरमा घरेलु हिंसा , चोरी, आगलागी , झैझगडा , लुटपाट , मदिरा सेवन , जुवातास , बलत्कार , दुर्घटना लगायतका घटना गाउँ घरमा घटेको बेला पनि मानिसले प्रहरीको फोन नम्बर नपाएर घटना घटेका हुन्छन् । र समयमै प्रहरीलाई खबर गर्न सकेका हुँदैनन् । अब यस्ता घटना भई हालेमा तपाईंको घरघरमा फोन नम्बर टाँसेका छौँ । तपाईंहरुले फोन गरेर हामीलाई खबर गर्नु होला । हामी तपाईंका समस्यालाई मध्येनजर गरेर २४ घण्टा सेवा दिन तयार छौँ , बोहोराले बताए ।

सिँजा गाउँपालिकाका गाउँको मुख्य मुख्य चोक र घर घरमा फोन नम्बर टाँस गरेको , नराकोट बजारको मुख्य स्थानमा पनि टाँसेको र सड्क बाटोमा पनि मानिसलाई आवश्यक पर्ने फोन नम्बर प्रहरी चौकी नराकोटले टाँसेको छ ।

बोहोराको कमानमा खटिएको प्रहरीको टोलीले गाउँ घरमा , सड्क बाटोमा , बजारमा पुगेर जनचेतना दिदै मानिसलाई जतिखेर पनि चाँहिने आवश्यक फोन नम्बर भएको पम्पिलेट कार्ड टाँस गर्दै आएको प्रहरी चौकी नराकोटले जानकारी दिनु भयो ।
यसरी प्रहरी घरमै पुगेर फोन नम्बर टाँस गरेर सहयोग पाउँदा सिँवासी खुसी भएका छन् । अब कुनै घटना परिघटना घटेमा तत्काल प्रहरीलाई खबर गर्न पाइने भयो । सिँजा ४ का दुर्ग बुढाले बताए ।

घटना घटेको बेला प्रहरीको फोन नम्बर खोज्दै ठिकै हुन्थ्यो । समयमा प्रहरी कहाँ खबर गर्न नपाएर प्रहरी चौकीमा पुग्थ्येउ अब घरबाट कल गरेमा पनि प्रहरी घटना स्थालमा पुग्ने भएको छ , बुढाले बताउनु भयो ।

 

साताकाे चर्चित
सम्बन्धित