स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकियो
स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकियो
    • बेल संचार

    • २९ श्रावण २०८०, सोमबार

काठमाडौं ।

स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

मुख्य प्रशिक्षक जाभी र खेलाडी राफिन्हाले रेड कार्ड पाएको खेलमा बार्सिलोनाले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।

यसै खेलबाट म्यानचेष्टर सिटीका पूर्वकप्तान इल्के गुन्डागोनले पनि बार्सिलोनाका लागि डेब्यु गरेका छन् ।

३२ वर्षीय उनी यही समरमा सिटी छाडेर बार्सिलोना पुगेका थिए ।

गेटाफेका गास्टोन अल्भारेजलाई फाउल गरेपछि राफिन्हाले ४२औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यस्तै रेफ्रीको निर्णयको बारेमा असहमति जनाएपछि प्रशिक्षक जाभीले ७०औं मिनेटमा रातो कार्ड पाएका थिए ।

गेटाफेका जेइम माटाले पनि ५७औं मिनेटमा दोहोरो पहेंलो  (रातो) कार्ड पाएपछि दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित