काठमाडौं ।
सबै उपसूचक हरियो भएका दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
मंगलबार १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । यो ०.८८ प्रतिशतको वृद्धि हो ।
मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त उपसूचक (२.२१ प्रतिशत) का लगानीकर्ताले कमाएका छन् ।
मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स डिभेञ्चर, वीन नेपाल लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।