मेसीको कप्तानीमा रहेको मायमी उपाधिपछि फेरि फाइनलमा
मेसीको कप्तानीमा रहेको मायमी उपाधिपछि फेरि फाइनलमा
    • बेल संचार

    • ७ भाद्र २०८०, बिहीबार

काठमाडौं ।

युरोपको क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा सबैखाले उपाधि जितेर ३५ वर्ष पुगेपछि यसै साल अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकातिर लागे ।

तर, उनी त्यहाँ पनि सुरुवातीमा अब्बल साबित भएका छन् । केही दिनअघि मात्रै उनीे नेतृत्वको इन्टर मायमीले किंग्स कपको उपाधि जितेको थियो ।

त्यो पनि पहिलोपटक । अमेरिका पुगेपछि पहिलो उपाधि जित्ने क्रममा मेसीको मायमीले शनिबार नेशभिल्लेलाई पेनाल्टी सुटआउटमा १०–९ गोलले पराजित गरेको हो ।

मेसीले सात खेलमा १० गोल गर्दै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए । साथै, सर्वाधिक गोल गर्ने खेलाडी पनि उनै बनेका थिए ।

उनै मेसी नेत्तृत्वको क्लब मायमी फेरि अर्को प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मायमी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको हो

बुधवार राति सिन्सिनाटीको मैदानमा भएको प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५–४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो ।

सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरी भएको थियो ।

टाइब्रेकरमा सिन्सिनाटीले पराजित गर्दै मायमीले लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो ।

अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित