राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग लिए जानकारी
राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग लिए जानकारी
    • बेल संचार

    • ८ भाद्र २०८०, शुक्रबार

काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग जानकारी लिएका छन् ।

राष्ट्रपतिलाइ भेटन गभर्नर महाप्रसाद अधिकारी शुक्रवार दिउँसो राष्ट्रपति भवन शीतलनिवास गएका थिए ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराउनुभएको थियो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको भनेर सरोकारवालाले चिन्ता व्यक्त गरिरहेको समयमा राष्ट्रपतिले गभर्नरसँग कुरा गरेका हुन् ।
राष्ट्रपतिले गभर्नरसँग गर्ने यस्ता भेटलाइ दुर्लभ मानिन्छ ।यसैसाता मंगलवार राष्ट्रपति पौडेलले संसद अवरोध हटाउन भन्दै प्रतिनिधिसभामा रहेका दलहरूसँग छलफल गरेका थिए ।

तर, राष्ट्रपतिले राजनीतिक सक्रियात देखाउन खोजेको भन्दै नेकपा (एमाले)ले शीतलनिवासमा राखिएको बैठक बहिस्कार गरेको थियो ।

पौडेलले भने राजनीतिक सक्रियता जनाउने कुनै मनसाय नरहेको बताएका थिए ।

लामो अस्वस्थतापछि पौडेलले पछिल्लो समय राजनीतिक दलका नेताहसँग भेटवार्ता गर्दै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित