जनश्रमदानले वाओ मालिका मन्दिर निमार्ण
जनश्रमदानले वाओ मालिका मन्दिर निमार्ण
    • उमेश बुढा

    • ८ भाद्र २०८०, शुक्रबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ४ मा रहेको वाओ मालिकाको मन्दिर जनश्रमदान गरेर निमार्ण भएको छ ।

स्थानीय , प्रदेश र संघ सरकारलाई बजेटको माग गर्दा गर्दै कसैले पनि हाम्रो कुरा नसुनेर बजेटै नहाले पछि ।

आफ्नो पुर्खादेखि मान्दै आएको मालिकालाई ओझेल पर्नबाट बचाउनको लागि वडा २ , ३, ४ का मालिका आस्था मानहरुले जनश्रमदान , आर्थिक र जिन्सी सहयोगबाट मालिका मन्दिर निर्माण गरेको वडा ४ वाओका अमर बुढाले बताउनु भयो ।

पहाडको टुप्पोमा रहेको मालिका मन्दिर स्वच्छ , सुन्दर , सफा वातावरणमा यो मन्दिर अवस्थित छ । मन्दिरको सेरोफेरोमा जताततै धुपी सल्लो , खर्सुक , सल्लाका बाटविरुवाले रमाइलो भएको देखिन्छ ।

प्राचिनकाल देखि पुर्खाहरुले मान्दै आएको मालिका वर्तमान अवस्थामा पनि यसको उतिकै महत्व रहेको छ । तर सम्बन्धि निकायाले भने ध्यान दिएको छैन् । बुढाले बताए ।

मालिकामा पुरानो संस्कार अनुसार रजस्वला भएकी महिलाले मन्दिरमा आउनु हुँदैन भन्ने प्रचलन रहेको छ ।

यदि महिला आएमा स्वास्थ्यमा गट्बडी हुने अनि मालिकालाई ध्वजा चामल दिएमा सन्चो हुने जनविश्वास भएको धामी धन बुढाले बताए ।

यो मन्दिरमा कुनै पनि रङ्ग प्रयोग हुँदैन । एउटै सेतो रङ्ग मात्र प्रयोग गर्न मिल्छ । खसी बोका यहाँ काटिदैनन् केबल दुधको भोग चल्छ पुजारी देव नारायण उपाध्यायले बताए ।

मन्दिर निर्माण भइसके पछि पालिबाट ५० हजार र वडा नम्बर ४ बाट ६० हजार रुपैयाँ मन्दिरको लागि दिने भएका छन् ।

स्थानीय सरकारलाई बजेट माग गर्दा नदिएको तर अहिले मन्दिर निर्माण भइसके पछि बजेट दिन्छु भन्नु भएको छ पालिका अध्यक्ष पुर्ण प्रसाद धिताले । पहिले बजेटको माग गर्दा नदिएको जनगुनासो छ ।

जनताको श्रमदान , आर्थिक सहयोग , जिन्सी लगायतको सहयोगबाट मन्दिर निर्माण भएर मन्दिरको पजिस्ठा भएको छ ।

साताकाे चर्चित
सम्बन्धित