मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया नेपालले थाइल्यान्डसँग खेल्ने
मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया नेपालले थाइल्यान्डसँग खेल्ने
    • बेल संचार

    • १० भाद्र २०८०, आईतवार

काठमाडौं ।

मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ ।

नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण चलिरहेको प्रशिक्षक सामसन जंग थापाले बताए ।

‘हामीले चारदेशीय सिरिजको उपाधि जित्यौं पुन तयारी स्वरुप हामी २८ तारिख थाइल्यान्डसँग खेल्दैछौं’, मलेसियामा रहेका प्रशिक्षक थापाले  भने ।

साताकाे चर्चित
सम्बन्धित