जुम्ला ।
सिँजा गाउँपालिकाले भाद्र १० गतेदेखि १२ गते सम्म ऐतिहाँसिक सिँजा केदारनाथ महोत्सव लगाएको थियो ।
महोत्सवको उद्घाटन गर्नु अघि पत्रकार सम्मेलन गरेर इन्द्रेणी टिमलाई ३ लाख ५० हजार रुपैयाँ दिने र खाना र आवतजावतको लागि गाडी भाडा तिर्ने भनेर पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले पत्रकार सम्मेलनमा प्रष्ट पार्नु भएको थियो ।
यसरी पालिकाबाट बजेट दिएर ल्याएको इन्द्रेणी टिमले अहिले भिडियो बनाएको इन्द्रेणी डटकम फेसबुक पेचमा लेखेको शब्दले सामाजिक संजालमा निकै चर्चा र परिचर्चा हुँदै आलोचना गरेर भाइरल बनेको छ ।
इन्द्रेणी डटकम फेसबुक पेचमा जुम्लामा यसरी धामी बौलाए । यस्तो अचम्मको संस्कृति लेखिएको छ । यसलाई मुख्य शिर्षक बनाएर सामाजिक संजाल फेसबुक कर्ताले स्कृनसट र शेयर गरेर इन्द्रेणीको कृष्ण कँडेल लगायत पुरै टिम बौलाएको भनेर उल्टै दोष लगाएका छन् ।
बौलाउनुको अर्थ पागल हुनु हो । हामीले हाम्रो देवता लाई भगवान भन्दानी बडि मान्छौ यसलाई धामीझाँक्री बौलाए भन्नु समाज र धामीलाई असर पर्ने शब्द प्रयोग गरेको भन्दै विभिन्न फेसबुक कर्ताले आलोचना गरेका छन् ।
महोत्सव उद्घाटनको दिनमा वा एकादशीका दिन भारा नुहाउँने दिनमा प्राचिन कालदेखि लोकपृय बन्दै आएको धामीनाच देखाइएको थियो । त्यो नाचलाई लेखिएको छ ।
इन्द्रेणी टिमलाई जुम्लाको विभिन्न ठाउँमा स्वागत गरेका थिए । यहि स्वागतले जुम्लाको उल्टै बदनाम गरेको छ ।