जुम्ला ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा रहेको पाण्डवगुफा माध्यमिक विद्यालय कोटघरमा असोज २८ देखि कार्तिक ५ गतेसम्म धार्मिक, शैक्षिक ज्ञान विज्ञान सम्बन्धि महायज्ञ लाग्ने भएको छ ।
खस सिञ्जा सभ्यताको पहिचान तथा श्री पाण्डवगुफा माध्यमिक विद्यालय कोटघरको सर्वाङगिण विकासका लागि ज्ञान विज्ञान आर्जन गर्ने उदेश्यले महायज्ञ लगाएको प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताउनु भयो ।
रोकायाको अनुसार आयोजक पाण्डवगुफा माध्यमिक विद्यालय कोटघर र भक्ती फान्डेशनको सहकार्यमा महायज्ञ लाग्ने भएको छ ।
विद्यालयलाई महायज्ञबाट महोत्वपुर्ण फाइदा भनेको विद्यालयको ज्ञान विज्ञानको स्तर उन्नतीका लागि, बालबालिकाको बानी व्यहोरा सम्बन्धि ज्ञान सिक्नको लागि, जडिबुटी कसरी प्रयोग गर्दा स्वास्थ्यलाई फाइदाजनक हुन्छ । र धर्मको ज्ञान प्राप्ती गर्ने उदेश्यले सो महायज्ञ लगाउन विद्यालयले खोजेको प्रधानाध्याक रोकायाले जानकारी दिनु भएको छ ।
विद्यालयमा पहिलो पटक धार्मिक एवम् शौक्षिक ज्ञान विज्ञान सम्बन्धि महायज्ञ लगाउँदै छौं । यसमा अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, बुद्धिजीवी, शुरक्षा कर्मी, पत्रकार, सरकारी तथा गैयर सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत सम्पुर्णको सहयोगको लागि आकान्क्षा राख्दै रोकायाले अपिल गर्नु भएको छ ।
सम्बन्धित सबैलाई महायज्ञलाई भव्यका साथ सफल पार्नको लागि पत्रचार गरिने र यसै मिडियाबाट निम्तो समेत उक्त विद्यालयले गरेको छ ।
धार्मिक र शैक्षिक महायज्ञबाट शिक्षक, विद्यार्थी, अभिभावक र भक्तजनहरुले विभिन्न विषयको ज्ञान सिक्न पाउने छन् ।
सिँजा क्षेत्रका कुनै पनि विद्यालयले अहिले सम्म यस्तो महायज्ञ विद्यालयमा लगाएको खासै देखेका छैनौं , बुडापाकाहरु बताउछन् ।
मठ मन्दिर, देवताको थानहरुमा, र घरमा महायज्ञ लगाएको हामीले देखेका थियौं । तर कोटघर विद्यालयमा महायज्ञ लगाउने भने पछि अचम्मित भए वडा ७ का गौरी कार्की ।
कोटघर विद्यालयले ज्ञान आर्जन गर्नको लागि ठुलो कार्य गर्ने भए छ । यसरी महायज्ञबाट ज्ञान प्राप्तीका लागि महायज्ञ लगाउने भएको छ । विद्यार्थीको पठनपाठन नरोकीने गरी दशैं विदाको अवसर पारेर महायज्ञ लगाउने गरेको हो ।