काठमाडाैं ।
नेपालमा फोर्स कम्पनीको अरबानीया भ्यानको विक्री वितरण शुरू भएको छ ।
नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ‘नाडा अटो शो’बाट यसको विक्री वितरण शुरू गरेको हो ।
भारतमा अत्यधिक माग रहेको र नेपालमा सर्वाधिक व्यक्तिहरूको पर्खाइमा रहेको अरबानीया मंगलवारबाट विक्री–वितरण शुरू गरिएको कम्पनीले जनाएको छ ।
यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरू मध्यमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ । साथै कार जस्तै आरामदायी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको अरबानीयामा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।
आकर्षक र सुविधा सम्पन्न अरबानीया १५ र १८ सिट क्षमतामा उपलब्ध छन् ।
कम्पनीका अनुसार १५ सिट भ्यानको मूल्य ८२ लाख ९९ हजार र १८ सिटको भ्यानको ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
निर्धारित मूल्य केही समयको लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।
साथै ‘नाडा अटो शो’मा बुकिङ्ग गर्नेहरूको लागि आकर्षक छुट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
फोर्स मोटर्सका नेपालमा २२ वटा प्रमुख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन् ।