नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो
    • बेल संचार

    • २७ भाद्र २०८०, बुधबार

 काठमाडौँ ।

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

बुधबार उनका छोराहरु पनि नेपाल आइपुगेका छन् । नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।
बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।  नेम्वाङका दुई छोरा र दुई छोरी छन् । छोरीहरू भने  काठमाडौंमै नेम्वाङसँगै थिए ।

 

साताकाे चर्चित
सम्बन्धित