काठमाडौं ।
उत्तर कोरियाली नेता किम जोन उन रूस भ्रमणमा छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेको तस्वीर बुधबार सार्वजनिक भएको छ ।
सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले भेटवार्ता गरेका हुन् । पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्वीरमा देख्न सकिन्छ ।
आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्ना देशका वरिष्ठ अधिकारीहरुसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ ।