जुम्ला क्षेत्र (ख) मा बालदिवस र्‍यालीसँगै विभिन्न कार्यक्रम गरि मनाए
जुम्ला क्षेत्र (ख) मा बालदिवस र्‍यालीसँगै विभिन्न कार्यक्रम गरि मनाए
    • उमेश बुढा

    • २९ भाद्र २०८०, शुक्रबार

जुम्ला ।

जुम्ला क्षेत्र नम्बर  ( ख ) मा ५९ औं राष्ट्रिय बालदिवसको र्‍यालीसँगै विभिन्न साँस्कृतिक र नृत्य कार्यक्रम गरेर मनाएका छन् ।

क्षेत्र खमा ४ वटा पालिका पर्छन् जसमा स् तिला , हिमा , सिँजा र कनकासुन्दरी गाउँपालिकाका विभिन स्थानमा ५९ औं राष्ट्रिय बालदिवसको अवसरमा र्‍याली गर्नुका साथै देउडा खेल पनि भएको छ ।

आज ५९ औं राष्ट्रिय बालदिवस देशभर मनाएको छ ।  बालबालिकामा लगानी  सुनिश्चितता भविष्यको थालनी ू नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएकोछ ।

विसं २०२१ भदौ ४ गते देखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो ।

नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपालबाल सङ्गठन बाल मन्दिर स्थापना गरी अनाथ , टुहुरा बालबालिकाको संरक्षणको थालनी गरेर दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरेर नियमित रुपमा मनाउन थालेको पाइन्छ ।

त्यस्तै गरि जुम्लाको तिला गाउँपालिकाको रारालिही लगायत विभिन्न विद्यालयमा बाल दिवश मनाएको तिला गाउँपालिकाले जनाएको छ । हिमा गाउँपालिकाको हिमा आधारभूत विद्यालय काइरेलीमा पनि पालिका स्तरिय कार्यक्रम गरी बाल दिवस मनाएको प्रधानाध्यापक महेह रावलले बताउनु भयो ।

सिँजा गाउँपालिकामा बाल दिवस मनाउने क्रममा पालिका जनप्रतिनिधि र शिक्षक बिच भनाभन भएर विवाद उत्पन्न भए पछि बाल दिवस मनाउनमा ढिलाई भएको थियो । केही समय पछि होहल्ला , विवाद शान्त भए पछि । कार्यक्रम सुरु भएको थियो ।

कनकासुन्दरी गाउँपालिकाको लुड्कु विद्यालयमा बाल दिवस पालिका भरिकाले मनाएका थिए ।

आयोजकको रुपमा रहेको कनकासुन्दरी माध्यमिक विद्यालयमा बक्तित्व कला, एकल गायन लगायतका कार्यक्रम गरि भव्यका साथ मनाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र न्यौपानेले बताए ।

न्यापानेका अनुसार आधारभूत विद्यालय बिच श्रृतिलेखन , कक्षा ६ देखि ८ सम्म वक्तित्व कला र माध्यामिक विद्यालय स्तरिय एकल गित गायन रहेको हो ।

नारा , जुलुस र र्‍यालीका साथै विभिन्न कार्यक्रम गरि प्रत्येक विद्यालयले आफ्नो आफ्नो विद्यालयमा पनि बाल दिवस मनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित