काठमाडौं ।
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति वेष्टहममाथि ३-१ को पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थितिमा नतिजा उल्टाउन सफल सिटी केही घण्टापछि नै अंकतालिकामा शीर्ष स्थानमा फर्केको छ ।
घरेलु मैदानमा जेम्स वार्ड प्रोवसले ३६औं मिनेटमा गोल गरी वेष्टहमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा प्राप्त उक्त सफलताले वेष्टहमले जोगाउन सकेन भने सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गर्यो ।
यस सिजत शतप्रतिशत जित निकाल्ने एक्लो टोली सिटी पाँच खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट १० अंकसहित वेष्टहम छैटौं स्थानमा छ ।
सिटीको छिमेकी म्यानचेष्टर युनाइटेड भने घरेलु मैदानमै ब्राइटनसँग ३-१ ले पराजित भयो । न्युकासल युनाइटेडले ब्रेन्टफोर्डलाई १-० ले हरायो ।