नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना   
  नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना   
    • बेल संचार

    • ३१ भाद्र २०८०, आईतवार

काठमाडौँ,

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेकपा (एमाले) पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।

आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उहाँले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिनु भएको उहाँका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
गत सोमबार हृदयघात भइ नेम्बाङको निधन भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित