सिंहदरबार जनप्रतिनिधिलाई आयो, जनतालाई आएन सभापति शाही
सिंहदरबार जनप्रतिनिधिलाई आयो, जनतालाई आएन सभापति शाही
    • उमेश बुढा

    • ३१ भाद्र २०८०, आईतवार

जुम्ला ।

नेपाली काङ्ग्रेस हिमा गाउँपालिका पार्टी सभापति नर वहादुर शाहीका अनुसार सिंहदरबार जनप्रतिनिधिलाई आयो तर जनतालाई आएन एक कार्यक्रममा बोल्नु भयो ।

हिमा गाउँपालिका वडा नम्बर १ आचार्य लिहीमा रहेको लक्ष्मी देवल आधारभूत विद्यादयको नयाँ भवनको उद्घाटन समारोहमा सभापति शाहीले यस्तो बोल्नु भएको हो ।

जनतालाई सिंहदरबार गाउँमा आयो भनेर जताततै राजनीति दलका नेता कार्यकर्ताले भाषण गरेको सुन्दै आएका छौं । तर खासै जनतालाई सिंहदरबार गाउँमा आएको महसुुस भएको छैन् ।

जनताले पाउनु पर्ने सेवा सुविधा स्वास्थ्य , शिक्षा , खानेपानी , यातायात लगायतका सेवा पाएको खासै देखिदैन शाहीले भने , जसरी दरबारमा भएको सेवा गाउँमा पाउने व्यवस्था सरकारले गरेता पनि गाउँमा सिंहदरबार खासै आएको छन् ।

नाममा मात्र सिंघदबार आयो कता आयो  सेवा सुविधा पाउनबाट जनता वञ्चित छन् । कसरी सिंहदरबार आयो गाउँमा उक्त कार्यक्रममा प्रश्न गरेका थिए ।

अहिले त जनप्रतिनिधिका मात्र दिन आएका छन्। सिंहदरबार यिनिहरुलाई मात्र आएको देखिन्छ । जताततै रमझम भएका छन् ।

जनताको सेवामा लागेको देखिदैन् । जता जाहुँ फुलैफुलमा माला , बाजागाजा , खसी काटेर रमझम गरेका हुन्छन् । आएको बजेबाट कमिसन खाने जनप्रतिनिधिलाई पो सिंहदरबार आएको सभापति शाहीले बताउनु भयो ।

जनताको आवश्यकता अनुरुप गर्नु पर्ने कार्य खासै गरेको देखिदैन । तर दिन प्रतिदिन कसरी धुमधाम गरेर चर्चामा आउनको लागि जनप्रतिनिधिहरुले काम गरेका छन् ।

राणा शाासनमा जस्तो थियो । त्यो अहिले ठ्याक्कै जनप्रतिनिधिमा छ । जनप्रतिनिधि गाउँमा आउँदा फुलैफुलका माला , बाजागाजा , मिठा मिठा खानेकुरा , खसी खसी काटेका , बस्नलाई सोफा , लिउँ, गलैचा र उनको अगाडि पछाडि लाल्नेहरुको घुइँचो लाग्ने गरेका छन् । कसरी सिंहदरबार गाउँमा आयो त रु राणा शासन पल्टियो भन्दा फरक नपर्ला जस्तो छ ।

हिमा गाउँपालिकाको वडा नम्बर १ आचार्य लिहीको विद्यालयको नयाँ पक्की भवनको उद्घाटनमा मन्तव्य राख्दै गर्दा सभापति शाहीले यस्तो बोल्नु भएको हो ।

शाहीले बोलेको कुरा चित बुझे पछि दर्शकहरुले गड्गडका साथ ताली बजाएका थिए ।

साताकाे चर्चित
सम्बन्धित