संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन
    • बेल संचार

    • २ आश्विन २०८०, मंगलवार

न्यूयोर्क ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका छन् ।

विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

उनले एसडीजी प्रोत्साहन प्याकेजमार्फत् अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले कोभिड-१९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्धार योजना जरुरी रहेको बताए ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यसवाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको  औल्याए ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए ।

उनले यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिवद्धता गरेको दोहा कार्ययोजनालाई स्वीकार गर्न आग्रह गरे ।

साताकाे चर्चित
सम्बन्धित