गोठमा बन्याे बर्थिङ्ग सेन्टर   
     गोठमा बन्याे बर्थिङ्ग सेन्टर   
    • बेल संचार

    • ८ आश्विन २०८०, सोमबार

जलेश्वर (महोत्तरी)

महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौको बर्थिङ्ग सेन्टर गोठमा परिणत भएको छ । तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरमा स्थानीयले गाई, भैंसी, बाख्रा लगायतका वस्तुभाऊहरु बाध्न थालेको बर्थिङ्ग सेन्टरका निमित्त प्रमुख अवधेश मण्डलले बताउनुभयो ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बडो धुमधाम र तामझामका साथ उद्घाटन गरेर सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरमा स्थानीय ११ जनाले अहिलेसम्म प्रसुती गराइसकेको र स्थानीय गर्भवति अझै पनि यसै बर्थिङ्ग सेन्टरमा नियमित चेकजाँच गराउँदै आएका छन् ।

तर खुल्ला चौर र घेराबेराको अभावमा स्थानीयले स्वास्थ्यचौकी तथा बर्थिङ्ग सेन्टरलाई गाईवस्तु बाध्ने, चरिचरण गराउने स्थानको रुपमा प्रयोग गर्न थालेको निमित्त प्रमुख मण्डलको भनाइ छ । स्थानीयहरुले स्वास्थ्य चौकी नैन्हीको पूरानो भवनमा पनि गाई वस्तुलाई खुवाउने भुस, पराल र खरहरु राखेका छन् ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफूलाई हिजो मात्रै नैन्ही स्वास्थ्यचौकी बारेमा बताउँदै आफू तत्कालै स्वास्थ्यचौकी तथा बर्थिङ्ग सेन्टर परिधिभित्र स्थानीयले बाँधेका गाईवस्तु हटाउन र पूरानो भवनमा राखेका भूस, पराल र खरहरु खाली गर्न मान्छे खटाइसकेको बताउनुभयो । उहाँले छिट्टै घेराबेराको व्यवस्था मिलाएर स्वास्थ्यचौकी र बर्थिङ्ग सेन्टरलाई व्यवस्थित र सूरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित