४१ औँ साक्या रिन्पोछेद्वारा दुर्लभ महाभिषेक प्रदान हुने   
     ४१ औँ साक्या रिन्पोछेद्वारा दुर्लभ महाभिषेक प्रदान हुने   
    • बेल संचार

    • ९ आश्विन २०८०, मंगलवार

काठमाडौँ

आउँदो असोज २७ गते शनिबार महान् गुरु ४१ औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा दुर्लभ महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ ।

गुरु रिन्पोछेको नेपाल भ्रमणको सिलसिलामा प्रदान गर्न लागिएको ऐतिहासिक महाभिषेक कार्यक्रम काठमाडौँको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा हुनेछ ।
आयोजक व्योम कुसुमा बुद्ध धर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी (जगन्मित्रानन्द÷मित्रजोगी) परम्पराको असाधारण आर्यअवलोकितेश्वरको महाभिषेक हो ।

विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्ने उद्देश्य राखिएको यस महाअभिषेकमा नेपालका तराई, पहाड र हिमाल तीनै भेगका मानिसहरुको ठूलो सहभागिता रहने विश्वास लिइएको छ ।
चारै बौद्ध सम्प्रदायबाट सम्मानित गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने यस महाअभिषेक कार्यक्रममा सहभागी भई लाभ उठाउन सर्वसाधारणलाई सङ्घले आह्वान गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित