काठमाडौं।
ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यलय भन्दै सुरुवातीनै ठगी गर्ने उदेश्यले उपत्यकाको ३ ठाउँमा शाखा कार्यलय खोलि करिब २५ हजार गरीबहरुको पसिना चुसेका देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले लुकिछिपी अर्थ न वर्थ गोविन्द गाई भन्ने उक्ति लाई चरितार्थ गर्दै भर्म पुर्ण विज्ञप्ति निकाल्दै आएका छन्।
देउरालीको केन्द्रीय कार्यलय भनिएको सातदोबाटो कार्यालय केहिसमय अगाडिनै घरसाहुले खालिगराई सकेका छन् भने भक्तपुरको गठ्ठाघर शाखा पनि खालि भईसकेको छ।
हाल न्युरोडको गल्लिमा ऋणिहरु सँग ऋण असुल्नका लागि मात्रै कार्यलय भनी गुण्डाहरु भेलागर्ने एउटा कोठा छ। देउरालीका क्षेत्री थरका एक कर्मचारी बताउँछन् देउरालीको शाखा न्युरोडमा त खुल्छ तर बचतकर्ताहरुलाई बचत फिर्ता दिन होईनकी ऋणि हरुलाई हाम्रा डनसरहरुले तृलोक देखाँउन।
हाल एक पछि अर्को गर्दै लगातार विज्ञप्तिको नाममा कागजको खोस्टो प्रदर्शन गर्दै आएको जाली र धुर्त रवीन्द्र चौलागाईंले पछिल्लो समय सर्वसाधारणले खाई नखाई दैनिक मजदुरी गरी जम्मा गरेको रकम पचाउन नँया-नँया हतकण्डा मच्चाउन थालेका छन्।
उनले जारी गरेको उक्त खोस्टोमा लेखिए अनुसार देउरालीका बचत कर्ताहरुले बचत पाएका छन् कि के हो ? भन्ने लाग्छ तर त्यो कदापि होइन।
देउरालीका करिव पौने दुई करोड बचतगरेकी मञ्जु भन्नछिन सर्वसाधारणले दैनिक मजदुरी गरी जम्मा गरेका रकम दुरुपयोग गरी विभिन्न संघसंस्था तथा जग्गामा लगानी गरी मामाको धनमा फुपुको श्राद्द गर्दै आएका चौलागाईंलाई मामाघरमा लगेर नजाकी हामीले बचत फिर्ता पाँउदैनौ।
काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं. ६ बोक्से खाडीटोल स्थायी निवासी हाल ललितपुरको भैंसेपाटीमा दशौं करोड बराबरको आलिसान महल खरिद गरी उक्त महलको नाम पुजा निवास राखी बसोबास गर्दै आएका सहकारीका अध्यक्ष रवीन्द चौलागाईंका परिवार केही समय अगाडिदेखि ताल्चा लगाई फरार रहेका छन्।
धुर्त चौलागाईंले देउराली बहुउद्देश्यीय सहकारीले गरेको बदमासीलाई ढाकछाप गर्न विभिन्न अनलाईन मिडियाहरुलाई मोटो रकम खर्चेर सहकारीको पक्षमा समाचार लेखाउँदै आइरहेका छन्।
अध्यक्ष चौलागाईंले करोडौं रुपैंयाँ खर्च गरी अफिस डेकोरेसन देखाई मुद्धती बचतकर्ताहरुलाई मासिक रुपमा २४ देखि ३६ प्रतिशत ब्याज दिने प्रलोभनमा सहकारी डिभिजन कार्यालय, सहकारी सुपरीवेक्षण कार्यालय र सम्बन्धित निकायको सहकारी संचालनसम्बन्धी ऐन नियमलाई धोती लगाउँदै अर्बौं रुपैयाँ सहकारीमा जम्मा गर्न सफल बनेका थिए।
गरिब जनताले जम्मा गरेकाे अर्बौं रुपैयाँकाे चौलागाईंले यसरी गरेका थिए अपचलन
जग्गा, विभिन्न संघसंस्थामा लगानी गरी रातारात अर्बौंपति बन्न सफल बनेका थिए। चौलागाईले बचतकर्ताहरुको रकमको दुरुपयोग गर्दै आरआर ग्रुप अफ कम्पनी दर्ता गर्दैं त्यस अन्तरगर्त संचालन हुने गरी
देउराली मल्टी प्रर्पोज कोअपरेटिभ प्रा.लि., श्री पूजा पोल्ट्री फार्म प्रा.लि.,देउराली प्रोप्रटिज प्रा.लि., मुन भेन्चर इन्भेष्टमेन्ट प्रा.लि., अन्नपूर्ण डिस्टिलरी प्रा.लि., आरआर रिसर्च एण्ड डेभलपमेन्ट नामक कम्पनीहरु खडा गरी अर्बौंपति बन्न सफल बनेका थिए।
तर, सामान्य ज्यालादारी मजदुरी गरी खाई नखाई बचाएको रकम यसरी दुरुपयोग गरी गरिब बचतकर्ताहरुलाई सडकमा ल्याउने काम अध्यक्ष चौलागाईंले यसरी गरेका थिए।
धुर्त र जाली चौलागाईंले बचत कर्ता ठग्नका साथै आफ्नो सहकारीको विश्वसनीयता छ भनी देखाउनका लागि सातदोबाटोको अरुको घरलाई गत वर्ष आफ्नै भवन भएको भन्दै सो भवनको उद्घाटनको लागि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई उद्घाटन गर्न लगाएका थिए।
हाल चौलागाईंले गरिबकाे रगत पसिना बगाई बचत गरेको धनमा सुरा ,सुन्दरी र जुवा अखडामा मस्ती गरिरहेको विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गर्दै खबरदारी गरि रहेको अवस्थामा ठगी धन्दाको चतुर खेलाडी चौलागाईं र काठमाडौं जिल्ला प्रहरी परीसरका प्रबक्ता कुमुद ढुङ्गेल विच राम्रै उठबस चलिरहेको पाईएको छ।
परिसरका एक प्रहरी अधिकारीका अनुसार विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि गत आइतबार प्रहरी प्रबक्ता ढुङ्गेल र सहकारीका ठग चौलागाईं विच करिव १ घण्टा छलफल चेलेको बताईन्छ।
त्यस्तै चौलागाईंले काठमाडौं जिल्ला प्रहरी परीसरका एसपी कुमोध ढुंगेलका साथै ललितपुर जिल्लाका गुण्डा नाईके मीन कृष्ण महर्जन र काभ्रेका गुण्डा नाईके एंवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामालाइ समेत करौडौं रूपैयाँ दिएको चौलागाईं आफैले भन्दै हिड्ने गरेको उनकै सारथिले बताउने गरेका छन्।
देउराली बहुउद्देश्यी सहकारी चलाउँदै आएका सहकारी क्षेत्रकै ठगि धन्दाका चतुर खेलाडी रबिन्द्र चौलागाईंले करिव १० करोड रूपैयाँ काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रहरी प्रबक्ता समेत रहेका कुमोध ढुंगेललाई घुस दिएको विषयमा चौलागाईंले नै बाताने गरेका छन्।
यसरी भन्दै हिड्ने देउरालीका अध्यक्षलाई कारबाही किन नगर्ने ? यदि घुस खाएको भए एसपी कुमोध ढुंगेललाई पनि किन कार्वाही नहुने? आजको सोचनिय विषय बनेको छ। होइन भने गरिब जनताले पसिना बगाएर एक-एक रूपैयाँ जम्ममा गरेर राखेको रूपैयाँ कसैको पनि रजाइ गर्न पाउने अधिकार छैन।