छड्के अनुगमन गर्दा गोठिज्युला बजारमा मापदण्ड विपरित चल्ने ५ पसल कार्वाहीमा
छड्के अनुगमन गर्दा गोठिज्युला बजारमा मापदण्ड विपरित चल्ने ५ पसल कार्वाहीमा
    • उमेश बुढा

    • १९ आश्विन २०८०, शुक्रबार

जुम्ला 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले कनकासुन्दरी गाउँपालिकामा रहेको गोठिज्युला बजारको छड्के अनुगमन गर्दा मापदण्ड विपरित खरिद विक्रि गर्ने ५ वटा पसललाई बिहीबार कार्वाही गरेको छ ।

दशैंतिहारको अवसरमा खाद्य खुद्रा पसलहरुले ग्राहकहरुलाई मुल्य चर्को लिने गरेको , म्याद नाघेका वस्तु बेच्ने गरेकोले जुम्ला जिल्लामा रहेका होटेल , खुद्रा पसल , खाद्य पसल , इलोक्ट्रोनिक पसल , भाडा पसल ,कसमेटिक पसल लगायतको अनुगमन गर्न थालिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख जुम्ला श्रिकृष्ण देवकोटाले बताउनु भयो ।

उनका अनुसार गोठिज्युला बजारमा ३१ वटा पसलको अनुगमन गर्दा ५ वडा पसल मापदण्ड विपरीत चलेका भेटिए पछि कार्वाही स्वरुप ५ वटा पसलले जरिवाना तिरेका छन् । मुल्य सूची निधारण नगरेका , साईनबोर्ड नभएको , ब्यवसाय दर्ता नविकरण नगरेको , खरिद बिक्री बिल नराखेको लगायतका कार्य गरेकाले यि पसलहरुलाई कार्वाही गरेको प्रमुख देवकोटाले बताए ।

कार्वाहीमा पर्ने पसलहरु केवी एण्ड चाउमिन सहस उद्योग , भण्डारी मोवायल सेन्टर , मालिकावोता भाँडा पसल , धनजय ट्रेडस एण्ड सप्लायर्स र कनकासुन्दरी इलोक्ट्रोनिक्स पसल कार्वाहीमा परेर १ हजार देखि लिएर १० हजारसम्म जरिवाना तिरेका साहयक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिनु भयो ।

विभिन्न निकायाले समय समयमा अनुगमन गर्दा गर्दै पनि व्यवसायी गर्नेहरुले नागरिकलाई ठगेर कालो बजारिय गरेकाले बजार अनुगमन गरेको हमालले बताए ।

म्याद नाघेका जुनसुकै वस्तुले मानिसलाई प्रत्यक्ष अप्रत्क्ष रुपमा शारीरिक तथा मानसिक रुपमा असर पुर्‍याउने भएकोले यसबाट मानिसलाई बचाउनको लागि बजार अनुगमन गरेको हमालले भने , दर्ता नभएका पसलहरुले छिट्टै दर्ता गर्नु पर्ने र कर पाटी दर्ताको प्रमाण पत्र उपभोक्ता सबैले देख्ने गरी टाँस गर्नु पर्ने र कर समयमा तिर्नु पर्ने सहल्ला सुझाव दिनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको नेतृत्वमा र आन्तरिक राजस्व कार्यालय जुम्ला , ३३ नम्बर गण त्रिपुरा जुम्ला सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र पाण्डे , कनकासुन्दरी गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु वडुवाल , निमित प्रमुख प्रशासकीय अधिकृत जङ्गलाल बुढा , पत्रकार गोठिज्युला प्रहरी चौकीको सहभागीतामा गोठिज्युला बजार अनुगमन गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित