काठमाडौं
मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक पटक ब्युझने समस्या देखिन सक्छ।
आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाऔ।
मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफुले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् जसका कारण पोषण सम्बन्धित समस्या. पाचन प्रणालीमा समस्या हुन सक्दछ।
खाना खुवाउँदा अभिभावकले बच्चाहरूसंग कुराकानी गरेर डुलाएर. गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदै खुवाउनुपर्छ।
मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिदै जान सक्छ। साथै रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्। सुत्नु भन्दा अगाडी मोबाइल हेरेका बालबालिकामा मोबाइल स्कूनबाट
आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
मष्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउंछ।
बालबालिकाले आफैं मोबाइल चलाउँदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनिहरूले पनि देखेर सिक्छन् र लत बस्छ।