जुम्लाको हिमा नदीमा ३२ वर्षीया महिला मृत फेला
जुम्लाको हिमा नदीमा ३२ वर्षीया महिला मृत फेला
    • उमेश बुढा

    • १ कार्तिक २०८०, बुधबार

जुम्ला ।

हिमा गाउँपालिका वडा नम्बर ७ स्थित बाग बजार नजिकै हिमा नदीमा एक महिला मङ्गलबार मृत अवस्थामा फेला परेकी छन् ।

हिमा गाउँपालिका ७ मच्चि बस्ने ३२ वर्षीया मुनपुरा वंमले असोज महिनाको ३० गते मङ्गलबार दिउँसो साढे १२ बजेतिर हिमा नदीमा हाम फालेर बेपता भएकी प्रहरी चौकी जुगाडका हवल्दार नवराज शाहीले बताउनु भयो ।

बेपता भएकी वंमको सोही दिउँसो १:४० बजे तिर स्थानीय र हवल्दार शाहीको कमानमा खटि गएको ३ जना प्रहरीको टोलीले खोजी कार्य गर्दा घटना स्थलबाट करिव ५ सय मिटर तल हिमा नदीमा मृत अवस्थामा भेटाएका थिए ।

शवको पोष्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उक्त दिनको बेलुका ५ बजेतिर लिएको र घटनाको थप अनुसन्धान भइरहेको छ, अझै सत्य थत्य खुल्न भने बाँकी नै भएको जुगाड प्रहरी चौकीको भनाई रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित