सवारी चालकले चालक अनुमतिपत्र कस्तो अवस्थामा नबोके पनि हुने
सवारी चालकले चालक अनुमतिपत्र कस्तो अवस्थामा नबोके पनि हुने
    • बेल संचार

    • १४ कार्तिक २०८०, मंगलवार

काठमाडौं

सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ ।

चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्मार्ट गभर्नेन्सको नयाँ यात्रा नाम दिइएको यस प्रावधान अनुसार चालक अनुमतिपत्र साथमा नबोके पनि अब ट्राफिक प्रहरीले जाँचका क्रममा जरिबाना तिराउने छैन । तर यसका लागि चालकले चालक अनुमतिपत्रको विवरण नागरिक एपमा राख्नु पर्छ । नागरिक एपमा राखिएको विवरणले मान्यता पाउने छ ।

यो प्रावधान कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले  मुलुकभरिका  ट्राफिक  कार्यालयलाई  परिपत्र गरिसकेको छ ।अहिले  जाँचका  क्रममा  चालकले  सक्कलै  चालक अनुमतिपत्र देखाएपछि मात्र छाड्ने गरेको छ । चालक अनुमतिपत्र साथमा नभएको अवस्थामा अहिले ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म जरिबाना तिराउँदै आएको छ ।

नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई  मान्यता  दिने  व्यवस्था  देशव्यापी  रूपमा  कार्यान्वयनमा  आएको  नागरिक  एपको  फेसबुक पृष्ठमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।

 

साताकाे चर्चित
सम्बन्धित