सिँजाको फुटबलमा २१ टिम मध्ये रुगा प्रथम
सिँजाको फुटबलमा २१ टिम मध्ये रुगा प्रथम
    • उमेश बुढा

    • १७ कार्तिक २०८०, शुक्रबार

जुम्ला 

सिँजा गाउँपालिका वडा नम्बर २ चुलेलगाउँ अल इन वान युवा क्लवको आयोजनामा फुटबलमा २१ टिम सहभागी भएका थिए, जसमा सिँजा ५ रुगाको टिम प्रथम भएको छ ।

उक्त खेलमा हिमा, सिँजा , कनकासुन्दरी र चन्दननाथ नगरपालिकाबाट खेलाडीको उपस्थिति रहेको थियो । खेल भने कार्तिक महिनाको ११ गतेबाट सञ्चालन भएको हो ।

चुलेलगाउँको खेल मैदानमा लगातार ६ दिन पुरुष फुटबल खेल भएको र कार्तिक १६ गते बेलुका ५ बजे खेल सकिएर कार्यक्रम समापन भएको अल इन वान युवा क्लवका सचिव दिपक आचार्यले जानकारी दिनु भयो ।

प्रथम रुगालाई कप , मेडल , प्रमाण पत्र सहित रु ५० हजारको चेक दिएको छ । भने द्वितिय हुनेमा हिमा गाउँपालिकाको बुअलाई कप , मेडल , प्रमाणपत्र सहित रु २२ हजार नगत दिएको सचिव आचार्यले बताए ।

खेलाडीको हौसला बढाउनको लागि स्थानीय सरकार साथमा रहेका र खेलाडीले अन्य ठाउँमा खेल खेल्न जाँदा सिजा गाउँपालिकाले आर्थिक भौतिक लगायतका कुरामा खेलाडी लाई सहयोग गर्ने पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।

खेलमा सानातिना विवाद हुँदा हुँदै पनि हिमाको वड्की र सिँजाको घोडेङ्गाको टिमको खेल मैदानमा विवाद भएर खेल स्थकित भएको थियो अन्त्यमा आयोजक , दुबै पालिका जनप्रतिनिधि र टिम लिडरको सामुहिक छलफल बहसमा दुबै टिमलाई नकाउट समेत गरेको धितालले बताए ।

खेलमा सहभागी र विजयी हुने खेलाडीलाई बधाई तथा शुभकामना अध्यक्ष धितालले दिनु भयो ।

२१ टिमबाट लड्दा लड्दै सबै टिमलाई प्राजित पार्दै रुगाको टिम प्रथम भए पछि खेलाडीलाई दर्शकले फुलमाल र अविरले स्वागत गरेका थियो । रुगाको टिम प्रथम भएपछि सिँजाको मुटु भनेर चिनिने नराकोट बजारमा विजयको र्‍याली गर्दै रुगाका खेलाडी खुसीका साथ घर तिर लागेका थियो ।

साताकाे चर्चित
सम्बन्धित