१३ महिना पछि बल्ला, सिँजा गाउँपालिकाको गयो सड्कमा नजर
१३ महिना पछि बल्ला, सिँजा गाउँपालिकाको गयो सड्कमा नजर
    • उमेश बुढा

    • २२ कार्तिक २०८०, बुधबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ३ को चाँफेरा भन्ने ठाउँमा सड्क भत्किएको लगभग १३ महिना पछि सिँजा गाउँपालिकाले बनाउन लागेको छ ।

गत सालको असोज महिनाको १७ गतेदेखि २३ गते सम्मको अविरल वर्षाले सड्कको डिल कटान गरेर सड्क साँघुरो भई ठुला गाडीहरु आवत जावत गर्न थप्प भएका थिए ।
यो सड्क कर्णाली राजमार्गको नाग्म गमगडी खड्कको आचार्यलिहीबाट नराकोट बजार हुँदै कनकासुन्दरी गाउँपालिको सम्म जोडिएको छ । कर्णाली राजमार्ग भन्दा निकै छोटो छरितो र राम्रो भएकाले पराए जसो सवारी साधन यो सड्कबाट आवतजावत गर्ने गर्छन् । तर गत सालको पहिरोले भत्काए पछि , ठुला गाडीहरु चल्न छोडेका छन् । मानिस र मोटर साइकल मात्र चल्ने गरेको देखिन्छ ।

त्यो सड्कको डिल पट्टी हिमा नदीले कटान गरेको छ । भने भिट्टा पट्टी ठुलो ढुङ्गाको चटान भएकाले सड्कको चौडाई लगभग १ मिटर मात्र छ । त्यो पनि डर लाग्दो छ । यसमा एक पटक सिजा गाउँपालिका वडा नम्बर ३ का पुर्वअध्यक्ष तिलाचन्द्र चौलागाईंले मोटर साइकल समेत दुर्घटनामा परेका थिए । उनि सड्कमै थिए साइकल भने हिमा नदीमा डुबेको थियो ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्नु हुन्छ , यो सड्क ठेक्का परेको छ । ठेकेदारले बनाउला भन्दा भन्दै बनाउनमा ढिलाई गरेपछि । अब पालिकाले बनाउन लागेको हो । जनताले धेरै पटक त्यो ठाउँको भत्किएको सड्कको बारेमा सामाजिक सञ्जालबाट र प्रत्यक्ष अप्रत्यक्ष रुपमा मलाई जानकारी गर्दै आएका थिए ।

महिले त के सोचेको थिए भने, हाम्रो पहलमा भौतिक पूर्वाधार विकास कार्यालय सुर्खेतद्वारा ७ करोडको ठेक्का आवाहन भएको छ । ठेकाबाट बनाउनु पर्छ , भनेको यसरी ढिलाई हुन पुगेको अध्यक्ष धितालले बताए ।

अध्यक्षका अनुसार आर्थिक वर्ष २०८० र ०८१ को बजेटबाट रु ३ लाख विनियोजित गरेर त्यो ठाउँमा सड्क बनाउँदै गरेका छौ ।

कामदार वा डोजर चालकका अनुसार विहान ६ बजेदेखि ६ बजेसम्म बनाउन काम गर्दा गर्दै ढुङ्गो फुटाल्नमा समस्या भएको बताए । ढुङ्गाको आदा भाग फुटाल्न सकिएको छ । भने अझै ४ र ५ दिन लाग्न सक्ने कामदार पछाईले बताए ।

यो पालिका भित्रकै वडा नम्बर १ र २ मा जोने सड्क पनि हो । अहिले यो ठाउँमा पालिकाले सड्क बनाउन लाग्दा स्थानिय वासी निकै खुसी भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित